माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

नाइमा मोबिलिटी एक्स्पोमा २२ सय भन्दा बढी गाडी बुकिङ



काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा भएको पहिलो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो चार पांग्रे २ हजार २०० भन्दा बढी गाडी बुकिङ भएका छन्। त्यसमा बीवाइडीको संख्या सबैभन्दा धेरै रहेको छ।


बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले एक्स्पोमा ९५० वटा बीवाइडी गाडी बुकिङ भएको जनाएको छ । यस्तै ओमोडा जेको ३६७ वटा, लिपमोटर २६८ वटा, हुन्डाई क्रेटा, भेन्यु र फोर्थिङ गाडी करिब २५० वटा, एमजी १५० वटा र महिन्द्रा १०० वटा बुकिङ भएका छन्।

यस्तै कायी ५० वटा, टोयोटा ३२ वटा, म्याक्सस १२ वटा, एलएस अटो ३७ वटा बुकिङ भएको नेपालका लागि ती ब्राण्डका आधिकारिक कम्पनीहरूका प्रतिनिधिहरुले जनाएका छन् । ग्रेटवाल मोटर्सले ३० वटा गाडी बुकिङ गरेको छ। धेरै बुकिङ हुनेमा बीवाइडी एटो १, लिपमोटरको बी १०, ओमोडा जे ५, महिन्द्रा बीइ ६ लगायतका छन्।

दुई पांग्रेतर्फ ७०० भन्दा धेरै सवारीसाधन बुकिङ भएका छन्। केटीम २०० वटा, एथर १५० वटा, गोगोरो ११० वटा, चेतक ९५ वटा, ट्राइम्फ ८० वटा, जिहो स्कुटर ४० वटा र सीएफ मोटो २६ वटा बुकिङ भएको बताइएको छ । एक्स्पो १ लाख २ हजार जनाले अवलोकन गरेको आयोजक नाइमाले बताएको छ।

  :