काठमाडौं– सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर रकम तोकेको छ । साउन २६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरुङमार्गको उपभोग दस्तुर तोकेको हो ।
जस अनुसार कार र भ्यान काठमाडौं आउँदा प्रत्येकपल्ट ६५ र बाहिर जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । मिनिबस र ट्रक काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तोकिएको छ । ठूला बस र ट्रक काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको छ । भारी उपकरण काठमाडौं ल्याउँदा ६०० र लैजाँदा २५० रुपैयाँ तोकिएको छ ।
सुरुङमार्गबाट मोटरसाइकल चलाउन नपाइने व्यवस्था गरिएको छ । सुरुङमार्ग दुई हजार ६८८ मिटर लामो छ । सुरुङमार्ग ०७६ कात्तिक ४ गतेदेखि निर्माण शुरु गरिएको हो ।









प्रतिक्रिया