मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

एनएमबि बैंकको विशेष अटो लोन योजना



काठमाडौं–एनएमबि बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना ल्याएको छ ।

जस अन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको छ। इलेक्ट्रिक सवारी साधन किन्न चाहेका ग्राहकहरूका लागि एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुन सक्ने विश्वास बैंकको छ ।

एनएमबि बैंकले यस अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरु उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो ।

यस अफरबारे थप जानकारी एनएमबि बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबि बैंकको स्टल नं ई २४ मा बैंकको तर्फवाट उपस्थित हुने प्रतिनिधि मार्फत लिन सकिनेछ ।

  :