काठमाडौं–चांगनको दिपलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नाडा अटो शोमा दिपल एस०७ ईभीमा बाइ ब्याक अफर ल्याएको छ ।
अफर अन्तर्गत दिपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो ईभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्म एमएडब्लूबाट ‘ग्यारेन्टेड बाइब्याक भ्यालु’ पाउनेछन्।
यसले दिपल एस०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्रीको लाइफ’ र ‘रिसेल भ्यालु’को चिन्ताबाट मुक्त गर्ने कम्पनीले जनाएको छ ।
दोस्रोदेखि पाँच वर्षसम्म डिपल एस०७ छोडेर एमएडब्लू वृद्धिका अरु गाडी खरिद गर्न चाहेमा ग्राहकले ‘ग्यारेन्टिड रिसेल भ्यालु’ पाउने कम्पनीको भनाई छ।
कम्पनीले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ अर्थात दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजना उपभोग गर्न ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।
दिपल एस०७ आइसिए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर ईभी भएको एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले बताए ।







प्रतिक्रिया