काठमाडौं– एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ग्राहकहरुलाई एमजी गाडी खरिदमा सहुलियतस्वरुप नयाँ अफर ल्याएको छ ।
कम्पनीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी एमजीको गाडी खरिदमा ४ लाख रुपैयाँसम्म छुट दिने योजनासहित ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत एमजी ४, एमजी कोमेट, एमजी जेडएस, एमजी एस ५, एमजी विन्डसर र एमजी आइएम६ इभी खरिदमा छुट पाइने कम्पनीले जनाएको छ।
गाडी किन्दा छुटका साथै ग्राहकलाई कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स र ३ किलोवाट वा ७ किलोवाटको चार्जर निःशुल्क हुनेछ। नक्साल र थापाथलीस्थित शोरुमबाट ग्राहकले कात्तिक १० गतेसम्म यो अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ। ग्राहकहरुलाई एमजी गाडी खरिदमा सहुलियतस्वरुप नयाँ अफर ल्याएको बताए।







प्रतिक्रिया