काठमाडौं–ओमोडा एन्ड जेईको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भि–२३’ को पहिलो झलक प्रस्तुत गरेको छ । सोमबार काठमाडौंमा एक ‘प्रिभ्यू कार्यक्रम आयोजना गर्दै कम्पनीले उक्त गाडीको पहिलो झलक प्रस्तुत गरेको हो।
ओमोडा एन्ड जेइको र आईकार दुवै चिनियाँ अटोमोबाइल निर्माता ‘चेरि ग्रुप’को हिस्सा हो, जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ ।
चेरिले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरुमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ ।
आइकार भि(२३ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ बेन्चमार्क स्थापित गरेको छ । साइबर टेक डिजाइन सहितको यो रेट्रो(क्लासिक एसयुभि मजबुत मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ । यसमा १०० किलोवाटको सिड्ङ्गल मोटर सेटअप रहेको छ जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ, साथै ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ ।
यस एसयुभीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ एमएम, उचाइ १,८४५ मिलिमिटर रहेको छ ।







प्रतिक्रिया