काठमाडौं – भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको नाडा अटो शो २०२५ मा जिली ईएक्स–फाइभ १८७ युनिट बुकिङ भएको नेपालमा जिलीको आधिकारिक बिक्रेता एलआरआर मोटर्स प्रालिले जनाएको छ । नाडा अटो शोमा बुकिङ भएको गाडी आजदेखि नै डेलिभरी समेत शुरु भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले नाडा अटो शोमा जिली ईएक्सको म्याक्स र प्रो गरी दुई भेरियन्ट प्रदर्शनीमा राखेको थियो । जिली ईएक्स फाइभ भरपर्दो, प्रिमियम र स्टाइलिश ईभी खोज्ने ग्राहकहरूलाई प्रभावित गर्दै उल्लेख्य संख्यामा बुकिङ प्राप्त गर्न सफल भएको कम्पनीको भनाई छ ।
एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले ६ दिनमै १८७ युनिट बुकिङ हुनु जिलीको नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत गरेको उल्लेख गर्दै यो सफलताले नेपाली बजारका लागि विश्वस्तरीय ईभी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको बताए ।









प्रतिक्रिया