मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

नाडा अटो शोमा टाटाका ८४४ गाडी बुकिङ




काठमाडौं । भदौ ३ देखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो शो–२०२५ मा टाटाका ८४४ गाडी बुकिङ भएका छन् ।

नेपालका लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिका अनुसार अटो शोमा टियागो ईभी २८० वटा, पन्च ईभी ३५२ वटा, नेक्सन के–३ ईभी ९६ वटा र कर्भ ईभी ६० गरी ७८८ वटा ईभी बुकिङ भएका टन् ।

यस्तै, टियागो आईसीई ८ वटा, पन्च आईसीई ३२ वटा, नेक्सन आईसीई १६ वटा गरी आईसीई गाडी ५६ वटा बुकिङ भएका छन्। अटो शोको अवसरमा टाटाले विभिन्न अफरहरू ल्याएको थियो । जसमा सिप्रदीको देशव्यापी चार्जिङ, नेटवर्कमा आजीवन निःशुल्क, आकर्षक डिस्काउन्ट, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस इन्स्योरेनस, निःशुल्क एसेसिरिज र एक वर्षको ट्याक्स छुट दिएको थियो ।

त्यस्तै, टाटाले घरमै निःशुल्क चार्जिङ स्टेशन इन्स्टलेसन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट समेत अफरमा राखेको थियो । शोमा सिप्रदी ट्रेडिङ प्रालिसँगको साझेदारीमा टाटाले टियागो ईभीको नयाँ ‘एरिजोन ब्लू’ रङ्ग पहिलो पटक सार्वजनिक गरेको थियो ।

  :