काठमाडौं । अब दैनिक ६२२ रुपैयाँ किस्ता तिर्दा टाटाको टियागो ईभी र ८०३ रुपैयाँ तिर्दा पन्च ईभी किन्न सकिने भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले यो अफर ल्याएको हो ।
बैंक राष्ट्रिय बाणिज्य बैंकले दिने ६.१० प्रतिशत ब्याजदरमा ईभी कर्जा र ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले दैनिक ६२२ रुपैयाँ किस्तामा टियागो ईभी पाउने छन् र ८०३ रुपैयाँ दैनिक किस्ता तिर्दा पन्च ईभी किन्न पाउने कम्पनीले जनाएको छ । यी दुबै ईभीमा ब्याजदर र डाउन पेमेन्ट भने समान हुनुपर्छ । कम्पनीले कर्जा सुविधाको लागि राष्ट्रिय बाणिज्य बैंकसँग सहकार्य पनि गरेको छ ।
टाटा टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री र ४८ किलोवाट आवरको मोटर उपलब्ध छ । जबकी पन्च ईभीमा ३५ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर भने ९८ किलोवाट क्षमताको छ ।
पन्चको दुई भेरियन्ट अहिले बजारमा किन्न पाइन्छ । जसको इम्पावर्ड लङ रेन्ज भर्सनको ३७ लाख ९९ हजार र इम्पावर्ड (प्लस एस) लङ रेन्जको ३९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।







प्रतिक्रिया