फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

८४ लाख ९९ हजार पर्ने जिकर एक्स अब ६९ लाख ९९ हजारमा खरिद गर्न सकिने



काठमाडौं । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले चाडपर्वको अवसरमा जिकर एक्सका लागि लागू हुने गरी विशेष ‘जिकर फेस्टिभ थ्रिल’ अभियान सार्वजनिक गरेको छ ।


दशैं, तिहार र छठको चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको जिकर एक्समा विशेष अफरअन्तर्गत अब ग्राहकहरूले ८४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९ लाख ९९ हजारमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधाहरू पनि प्राप्त गर्नेछन्।

जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन् र यो गाडीले युरो एनक्याप, चाइना एनक्याप र ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ।

  :