मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

धनगढीमा टाटा मोटर्सको नयाँ शोरुम




काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जीएआरएस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधिकारिक डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूम खोलेको छ ।

सिप्रदी ट्रेडिङ प्रालिका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल, जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्तरुपमा सो उदघाटन गरेका हुन् । साथै उक्त समारोहमा स्थानीय समुदाय, व्यवसायिक प्रतिनिधि र ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू — टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी सजिलै खरिद गर्न सक्नेछन्।

त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टाटाका टियागो, पन्च, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन्।
सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

  :