मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

याडियाको फेस्टिभ अफर, स्कुटर किन्दा छुटै छुट



काठमाडौं– याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपालले आफ्ना नेपालभरका शोरुमहरुबाट उपलब्ध हुने गरी फेस्टिभ अफर ल्याएको छ ।

याडिया ब्राण्डले विश्वको नम्बर वान ईभी ब्राण्डको रूपमा आठौं वर्षमा प्रवेश गरेको अवसरमा कुजु नेपालले फेस्टिभ अफर ल्याएको जनाएको छ । यस अफर अन्तर्गत कम्पनीले बिक्री गर्दै आइरहेको याडियाको ४ मोडलका इलेक्ट्रिक स्कुटरहरूमा न्यूनतम ५ हजार देखि ४५ हजारसम्मको नगद रुपैयाँ छुट दिने भएको हो ।

याडियाको कुल जोय मोडलमा सबै भन्दा न्यूनतम ५ हजार रुपैयाँ, ओविनमा २५ हजार, भेलक्स एचमा ४० हजार र ई ८ एसमा ४५ हजार रुपैयाँसम्म छुट दिइने कम्पनीले जनाएको छ । कम्पनीले यस अफरमा ईएमआई सुविधा पनि दिइने जनाएको छ ।

  :