काठमाडौं– गत भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा सीजी मोटर्सको थापाथलीस्थित शोरुममा आगजनी भएपछि चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले बिक्री गर्दै आएको एक्सपेङ र एवोन ईभीको डेलिभरी पानीपोखरीबाट शुरू भएको छ ।
आगजनीबाट सीजी मोटर्सको स्मार्ट, एक्सपेङ र एवोनका तीनवटै शोरुम र ४ तले कार्यालय पूरै जलेर क्षतिग्रस्त भएको थियो ।
सीजी मोटर्सका सीईओ कपिल शिवाकोटीले थापाथलीको अफिस र शोरुम दुवै आगलागीबाट ध्वस्त भएपछि एक्सपेङ र एवोनको शोरुम पानीपोखरीमा सारिएको जानकारी दिए ।
थापाथलीमा शोरुम पुनर्निर्माण नभएसम्म एक्सपेङ जी६, एवोन भी र वाइको डेलिभरी सीजी मोटर्सको पानीपोखरीमा रहेको रिडाराको शोरुमबाट हुने उनले बताए ।









प्रतिक्रिया