काठमाडौं– दशैं, तिहारको अवसरमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकका लागि ‘शानदार दशैं–तिहार अफर’ ल्याएको छ ।
यस अफर अन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन (आईसिई) मोडेलसम्म आकर्षक छुट र सुविधा प्रदान गर्ने जनाएको छ । सिप्रदी ट्रेडिङका देशभरका शो रुमहरुमा यो अफर लागू भएको हो ।
ग्राहकहरूले टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी जस्ता इलेक्ट्रिक गाडी छनोट गर्न सक्नेछन् । कम्पनीका अनुसार यी मोडेलहरूले यात्रामा सहजता, आधुनिकता र आत्मविश्वास दिनेछन् । त्यस्तै पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसिई मोडेलहरूमा पनि विशेष अफर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकलाई जीवनभर निःशुल्क डिसी फास्ट चार्जिङ सुविधा, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुट प्रदान गरिनेछ । साथै, लक्की ड्रमार्फत एक भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने अवसर पाउने पनि कम्पनीले जनाएको छ ।









प्रतिक्रिया