मंसिर १९, २०८२ बिहीबार | Thu Dec 4 2025

लिपमोटर बी–१० को डेलिभरी शुरु




काठमाडौं– लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सांग्रिला मोटर्सले नाइमा मोबिलिटी एक्स्पोमा बुकिङ गरेका ग्राहकहरुलाई बहुप्रतिक्षित लिपमोटर बी–१० गाडी डेलिभरी गर्न सुरु गरेको छ । चीनबाट नेपाल भित्रिए लगत्तै यो ईभी डेलिभरी गर्न थालेको कम्पनीले जनाएको छ।

सांग्रिला मोटर्सले बी–१० गाडीको मूल्य ६० लाख रुपैयाँ तोकेकामा नाइमा अटो शोमा ४९ लाख ९९ हजार र अर्को भेरियन्टको ५६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको थियो। आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फमेन्सका कारण ईभी पारखीको रोजाइमा पर्न सफल बी१० प्रतिस्पर्धी मूल्यका कारण झनै लोकप्रिय बनिरहेको कम्पनीको भनाई छ ।

लिपमोटर बी १० मा १६० किलोवाटको शक्तिशाली रियर व्हील ड्राइभ मोटर र ६७.१ किलोवाटको ब्याट्री छ जसले एक पटकको चार्जमा ६०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।को छ।

  :