मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

एथर इलेक्ट्रिक स्कुटर किन्दा चाडपर्व अफर



काठमाडौं–यस वर्षको चाडपर्वलाई अझै उल्लासमय बनाउनका लागि एथर इनर्जीका इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जीले रोमाञ्चक अफर ल्याएको छ ।

अफर अन्तर्गत ग्राहकहरुले एथर ४५० सिरिज वा नयाँ एथर रिज्टा बुक गर्दा विशेष लन्च अफर पाइने छ । यस अनुसार निःशुल्क ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा किस्ता सुविधा पाइने छ भने पुरानो बाइक वा स्कुटरसँग एथरका स्कुटर साट्दा न्यूनतम ३० हजारको एक्सचेन्ज मूल्यांकनका साथै ८ हजार रुपैयाँको मूल्य थप सुविधा समेत उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।

वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सुर्यांश वैद्यले नयाँ सुरुवात र एकताको प्रतीकका रुपमा रहेको चाडपर्वलाई सफा र स्मार्ट स्कुटरको साथमा मनाउनु नै यसलाई अझै अर्थपूर्ण बनाउने उत्तम उपाय भएको बताए ।

  :