काठमाडौं । लिपमोटर बी १० ले हालै सम्पन्न परीक्षणमा काठमाडौं–पोखरा–काठमाडौंको झण्डै ४५० किलोमिटर दूरी एकै चार्जमा सफलतापूर्वक तय गरेको छ।
नेपालमा इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा लिपमोटर बी १० ले नयाँ कीर्तिमान स्थापित गरेको हो । यस रेञ्ज टेस्टमा टोलीले लिपमोटर शोरुम, उत्तरढोका काठमाडौं बाट यात्रा सुरु गरी पोखरा लेकसाइड पुगेर पुनः काठमाडौं फर्किएको थियो ।
यो उपलब्धिले बी १०को उच्च ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि र नेपालका सडकको अवस्थाहरूमा पनि स्थिर र विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गरेको छ ।









प्रतिक्रिया