मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

बीवाईडी एटो–१ ईभी टाइमको ‘बेस्ट इन्भेन्सन अफ २०२५’ मा समावेश



काठमाडौं । चिनियाँ कम्पनी बीवाइडीको सिगल एटो–१ इलेक्ट्रिक कारलाई विश्व प्रसिद्ध म्यागेजिन टाइमले सन् २०२५ को सबैभन्दा राम्रो आविष्कार अर्थात ‘बेस्ट इन्भेन्सन अफ २०२५’ मा समावेश गरेको छ । यो ईभी नेपालमा पनि केही महिना अगाडि भित्रिएको हो ।

केही समय अगाडि ‘वर्ल्ड अर्बन कार’को अवार्ड जितेको एटो–१ लाई अहिले टाइम म्यागजिनले अफोर्डेबल इभी अर्थात कम मूल्य ईभी दर्जामा समेत राखेको छ । राखेको हो।
टाइम म्यागेजिनका अनुसार बीवाईडी सिगल एउटा कम्प्याक्ट ह्याचब्याक हो र यसको सामान्य भर्सनमा ३० किलोवाट आवरको ब्याट्री र ५५ किलोवाटको मोटर रहेको छ । यसले १९० माइलको रेन्ज दिन्छ भने ८१ माइल प्रतिघण्टाको गति छ ।

एटो–१ नेपाली बजारमा गत साउनमा नाइमा मोबिलिटी एक्स्पोमा लन्च गरिएको थियो।

  :