काठमाडौं । चीनमा उत्पादित एवोन भी ईभीले हालै यूरो एनक्याप टेस्ट २०२५ मा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ।
फ्युचरिस्टिक डिजाइन, फराकिलो इन्टेरियर, उन्नत सुविधाहरू रहेको एवोन भी सुरक्षामा पनि उत्कृष्ट छ ।
एवोन भीमा उन्नत बडी स्ट्रक्चर, मल्टी(सेन्सर कोलिजन डिटेक्सन र एआई संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू छन् । जसले चालकहरूलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्दै आएको छ ।
नेपालमा एवोनको आधिकारिक बिक्रेता सीजी मोटर्स एवोन भी र एवोन वाइ जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू बिक्री गर्दै आएको छ ।







प्रतिक्रिया