फाल्गुन २८, २०८२ बिहीबार | Fri Mar 13 2026

लिपमोटरको नयाँ रेकर्ड, एकै महिनामा ७० हजार २८९ युनिट बिक्री



काठमाडौं– चिनियाँ ईभी निर्माता लिपमोटरले अक्टोबर महिनामा ७० हजार २८९ युनिट बिक्री गरेर नयाँ रेकर्ड कायम गरेको छ ।

न्यू इनर्जी भेइकल (एनईभी) स्टार्टअपमा लिपमोटरको बिक्रीले अन्य प्रतिस्पर्धिलाई पछि पार्दै आफ्नो अग्रता कायम राखेको हो । कम्पनीका अनुसार गत वर्षको सोहि अवधिको तुलनामा ८४ प्रतिशतले बढि हो । विगत ८ महिना यता लिपमोटर चिनियाँ एनईभीको बिक्रीमा निरन्तर अगाडी रहँदै आएको छ ।

लिपमोटर पछि दोस्रो धेरै कार हिमाले बिक्री गरेकको छ । कम्पनीले अक्टोबर महिनामा ६८ हजार २१६ युनिट कार बिक्री गर्दा एक्सपेङले ४२ हजार १३ युनिट बिक्री गर्न सफल भयो । सुचीको चौंथो स्थानमा निओले ४० हजार ३९७ र पाँचौ स्थानमा साओमीले ४० हजार भन्दा बढी युनिट बिक्री गरेका छन् । त्यसैगरी छैठौं स्थानमा रहेको दिपलले ३६ हजार ७९२ युनिट कार बिक्री गरेको छ ।

  :