मंसिर २०, २०८२ शुक्रबार | Fri Dec 5 2025

निसानको प्रि–विन्टर सर्भिस क्याम्प



काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको ‘ह्याप्पि विद निसान’ सर्भिस अभियानलाई नेपालमा पनि निरन्तरता दिँदै निसानका गाडीहरूको लागि मंसिर ३ गतेदेखि ५ गतेसम्म खुमलटारस्थित निशान शोरुममा ३ दिने ‘प्रि–विन्टर सर्भिस क्याम्प’ आयोजना गरेको छ ।

‘प्रि–विन्टर सर्भिस क्याम्प’ अन्तर्गत ग्राहकले निसान गाडीको चेक–अप तथा सर्भिसिङ गर्दा ७ आकर्षक लाभ तथा सुविधा लिन सक्नेछन् ।

यी सुविधाअन्तर्गत ग्राहकहरूले ‘टप वास’ निःशुल्क प्राप्त गर्ने छन् भने लेबर चार्जमा सत् प्रतिशतसम्म छुट ९सर्भिसिङमा १०० प्रतिशत छुट, ब्रेक प्याड र ब्रेक सु परिवर्तन गर्दा १०० प्रतिशत छुट, सस्पेन्सन, क्लच, र अन्य पाटपूर्जा आदि परिवर्तन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यस्तै निसानको ब्रान्डेड एक्सेसरिजहरूमा २० प्रतिशत छुट पाइनेछ भने १५ प्रतिशत छुट मा ‘बडि सप जब्स’ सुविधा र लुब्रिकेन्टमा १० प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो योजना ग्राहकका निसान गाडीको विशेष छुटका साथ चेक–अप तथा सर्भिसिङ गर्ने अवसर हो । यस क्याम्पअन्तर्गतका सुविधामा केही सर्त लागू हुने पनि कम्पनीले जनाएको छ ।

  :