काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिले १५ औं महाधिवेशनको कार्यतालिका ल्याएसँगै भक्तपुर कांग्रेस महाधिवेशनमा होमिएको छ ।
केन्द्रीय समितिले निर्णय गरेसँगै भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले क्रियाशील सदस्यताको टुंगो लगाउन मातहतका संरचनालाई निर्देशन दिएका हुन् ।
भक्तपुर सभापति थापाले पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारीमा लागेको जानकारी गराए । भक्तपुर सभापति थापाले मंसिर १५ गते भित्र क्रियाशील सदस्यता टुंग्याउन निर्देशन दिएको जानकारी गराए । भक्तपुरमा पुराना र नयाँ गरि ११ हजार क्रियाशील सदस्य हुने र त्यस मध्ये २५ प्रतिशतको नविकरण गर्न बाँकी रहेको सभापति थापाको भनाई छ ।
१३ औैं र १४ औं महाधिवेशनमा ६० प्रतिशत वडागत अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको स्मरण गर्दै भक्तपुर सभापति थापाले सर्वसम्मत् नेतृत्व चयन प्रक्रियालाई पहिलो प्राथमिकतामा राखिने पनि बताए ।







प्रतिक्रिया