मंसिर २८, २०८२ शनिबार | Sat Dec 13 2025

आजदेखि यामाहा ब्लू क्याम्प, आकर्षक छुट तथा विशेष सुविधा



काठमाडौं । एमएडब्लू राइड्स प्रालि अन्तर्गतको यामाहा नेपालको देशव्यापी सर्भिस अभियान ‘यामाहा ब्लू क्याम्प’ आजदेखि मंसिर २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरूको सन्तुष्टि बढाउन, नियमित मर्मत सम्भारलाई प्रवद्र्धन गर्न र देशभरका यामाहा राइडरहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले एक साता लामो ब्लू क्याम्प सुरू गरेको जनाएको छ । यस अभियानमा ग्राहकले यामाहाको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर आकर्षक छुट तथा विशेष सुविधासहित प्रिमियम सर्भिस लिन सक्ने कम्पनीले जनाएको छ ।


यो अभियान एक हप्तासम्म हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुनेछ ।क्याम्पमा ग्राहकले निःशुल्क बाइक वाश, १५९ प्वाइन्ट विस्तृत चेकअप, यामाल्युबमा १५ प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत, लेबर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क एएमसी कार्ड पाउने छन् ।


यस क्याम्पलाई अझ रोमाञ्चक बनाउन यामाहाले ग्राहकहरूका लागि एक विशेष उपहार पनि ल्याएको छ । जसमा सात दिनसम्म दैनिक एक जना ग्राहकले आफ्नो कुल मर्मत बिलमा १०० प्रतिशत क्यासब्याक पाउने छन् ।
यसका अलावा ब्लू क्याम्पमा ‘नो योर बाइक’ सेसन पनि समावेश हुनेछ, जहाँ प्रत्येक सर्भिस सेन्टरका प्राविधिक प्रमुखले ग्राहकहरूलाई उनीहरूको यामाहा मोटरसाइकल वा स्कुटरका विशेषता, मर्मतसम्भार आवश्यकता र प्राविधिक पक्षहरू अझ राम्ररी बुझ्न व्यक्तिगत रूपमै मद्दत गर्नेछन्।

त्यस्तै, डेडिकेटेड ‘सेफ्टी राइड सेसन’ले राइडरहरूलाई दैनिक जीवनमा अझ सुरक्षित तरिकाले सवारी चलाउने व्यावहारिक सुझावहरू मार्फत् शिक्षित गर्नेछ।

साथै, ग्राहकले सरप्राइज गिफ्टहरू, एएमसी खरिदमा विशेष अफर र अनलाइन बुकिङ मार्फत यामाहा एक्सप्रेस सर्भिसको सुविधा पनि पाउने कम्पनीले जनाएको छ । अग्रिम बुकिङ गर्ने ग्राहकहरूले प्राथमिकता र थप सुविधाहरू पाउने छन् । यो अफर नेपालभरका सबै आधिकारिक यामाहा सर्भिस सेन्टरहरूमा लागू हुनेछ।

एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले यामाहाले सधैँ गुणस्तर, विश्वसनीयता र उत्कृष्ट सर्भिस प्रदान गरी ग्राहकहरूसँग दीर्घकालीन विश्वास दिलाउने बताए ।

  :