मंसिर २७, २०८२ शुक्रबार | Fri Dec 12 2025

याङ्गोलाई ६ युनिट नयाँ ग्यारो डीटी–५३ स्कुटर हस्तान्तरण



काठमाडौं– ग्यारो लिथियम नेपालले याङ्गो ड्राइभरा मोबिलिटी नेपालसँगको महत्वपूर्ण कर्पोरेट साझेदारीअन्तर्गत नयाँ ग्यारो डीटी–५३ इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ ।

कम्पनीले पहिलो चरणमा ६ युनिट स्कुटर हस्तान्तरण गरेकोमा दोस्रो चरणमा २५ युनिट र छिट्टै १०० युनिट हस्तान्तरण गर्ने जानकारी पनि दिएको छ ।

सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको ग्यारो डीटी–६० को सफलतापछि कम्पनीले कर्पोरेट मोबिलिटी क्षेत्रमा आफ्नो उपस्थिति निरन्तर मजबुत बनाइरहेको छ । भर्खरै लन्च गरिएको डीटी–५३ को असाधारण प्रदर्शन, किफायती

मूल्य र भरपर्दो गुणस्तरका कारण कर्पोरेट बिक्रीलाई तिव्रता दिने कम्पनीको विश्वास छ ।

ग्यारो डीटी–५३ मा ८ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री र ५ किलोवाट आवर पिक पावर भएको मोटर जडान गरिएको छ ।

  :