काठमाडौं– दिपलको एसयुभी दिपल एस ०५ ले यो वर्षको युरो एनक्याप टेस्टमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ प्राप्त गरेको छ । स्वतन्त्र परीक्षण नतिजाअनुसार दिपल एस ०५ ले सबै प्रमुख सुरक्षा श्रेणीमा उत्कृष्ट प्रदर्शन गरेको छ ।
यसमा एडल्ट पेसेन्जर सेफ्टीमा ९४ प्रतिशत, चाइल्ड सेफ्टीमा ८७ प्रतिशत, संवेदनशील सडक प्रयोगकर्ता सुरक्षामा ७८ प्रतिशत र सेफ्टी असिस्ट प्रणालीमा ७६ प्रतिशत प्राप्त गरेको छ । युरो एनक्याप रेटिङले दिपल एस०५ को मजबुत भेइकल आर्किटेक्चर, उन्नत रेस्ट्रेन्ट प्रणाली तथा प्रत्यक्ष सुरक्षा प्रविधिलाई प्रमाणित गरेको कम्पनीले जनाएको छ छ ।
यसमा सेग्मेन्टमै पहिलो पटक उपलब्ध रिमोट इन एन्ड आउट पार्किङ, एआर एचयुडी, आउटडोर स्पिकर सहितको १४ स्पिकर, इन्टरनेट कनेक्टिभिटी, क्वीन को-पाइलट सिट, फ्रेमलेस डोर र फ्लस ह्यान्डल जस्ता विशेष सुविधाहरू छन्। यसमा प्रयोग गरिएको ‘गोल्डेन शिल्ड ब्याट्री’ सबैभन्दा सुरक्षित, सबैभन्दा छिटो चार्ज हुने र सबैभन्दा लामो आयु भएको ईभी ब्याट्री हो, जसले ५००० भन्दा बढी चार्जिङ साइकल प्रदान गर्छ।
नेपालमा लक्जरी, स्टाइल र टेकमा पर्फेक्ट यो एसयूभीले सार्वजनिक भएको समयदेखि नै उपभोक्ताको मन जित्न सफल भएको थियो ।









प्रतिक्रिया