मंसिर ३०, २०८२ सोमबार | Mon Dec 15 2025

नेपालगञ्जमा दिपल, नामी, सेरेस र अवतार ब्रान्डको ईभीको टेस्ट ड्राइभ र एक्सचेञ्ज मेला



काठमाडौं। एमएडब्लू वृद्धिले नेपालगंजमा दिपल र नामीको नयाँ शोरुम सञ्चालनमा ल्याउँँदै टेस्ट ड्राइभ र एक्सचेञ्ज मेला समेत सञ्चालनमा ल्याएको छ । मंसिर २७ देखि शुरु मेला २९ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।


मेलामा ग्राहकले दिपल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक र्र्इभीको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दिपल एस०५ र नामी भिगो मोडलको टेस्ट ड्राइभ गर्न सकिनेछ । यसका साथै कम्पनीले ग्राहकको रमाइलोका रोबोट पनि राखेको छ ।

पुराना गाडी साट्न चाहने ग्राहकले एक्सचेञ्ज बोनस, नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्नेले उपहार पाउने पनि कम्पनीले जानकारी दिएको छ ।

  :