पुस १, २०८२ मंगलबार | Tue Dec 16 2025

बीवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख युनिट पार



काठमाडौं– बीवाईडीले उत्पादन गरेको डल्फिन ईभीको विश्वव्यापी बिक्री १० लाख युनिट पार गरेको छ । योसँगै डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्री हुने ह्याचब्याक ईभी बन्न सफल भएको छ ।

नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडी डल्फिनले ह्याचब्याक सेग्मेन्टमा नयाँ परिभाषा स्थापित गरेको जनाउँदै भनेको छ– सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारी खोज्ने नेपाली परिवारको पहिलो रोजाइमा डल्फिन बनेकामा हामीलाई निकै खुसी लागेको छ, हामी ईभी इकोसिस्टम विस्तार, उत्कृष्ट बिक्रीपछिको सेवा र नेपाललाई स्वच्छ गतिशीलतामा रूपान्तरण गर्ने यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छौँ ।’


अहिले नेपालका सडकमा २ हजार ५०० भन्दा बढी डल्फिन गुडिरहेका छन् । सन् २०२३ को सेप्टेम्बरमा नेपालमा सार्वजनिक गरिएको यो गाडी छोटो समयमै सर्वाधिक बिक्री हुने विद्युतीय सवारीको सूचीमा शीर्ष स्थानमा उक्लिएको हो । नेपाली बजारमा ह्याचब्याक सेग्मेन्टको बिक्री सुस्त भइरहेको समयमा डल्फिनको आगमनले उपभोक्ताको रुचि पुनः जागृत गराएको कम्पनीको दाबी छ । बीवाईडीले सन् २०२६ का लागि डल्फिनको नयाँ संस्करणको परीक्षण सुरु गरिसकेको छ।

  :