माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

टाटाले सबै महिला क्रिकेटरलाई सियरा एसयूभी दिने



काठमाडौं । टाटा मोटर्स इन्डियाले महिला क्रिकेट टिमले विश्वकप जितेको अवसर पारेर आफ्नो नयाँ एसयूभी सियरा दिने दिने भएको छ ।

कम्पनीले महिला टिमको जितलाई सेलिब्रेसन गर्दै एतिहासिक उपलब्धी पनि भनेको छ । उक्त उपलब्धिमा हिस्सेदार हरेक खेलाडीलाई आफ्नो नयाँ एसयूभी दिने भएको हो । टाटा सन्स्का चेयरम्यान एन चन्द्रशेखरन र टाटा मोटर्स प्यासेन्जर भेहिकल डिभिजनका एमडी तथा सीईओ शैलेस चन्द्राले सबै खेलाडीको बीचमा सियरा एसयूभी हस्तान्तरण गरेका थिए ।

टाटा सियरा विभिन्न भेरियन्टमा उपलब्ध छ । कम्पनीले महिला खेलाडीहरूलाई कुन भेरियन्ट दिने हो ? सो भने खुलाएको छैन ।

  :