माघ १५, २०८२ बुधबार | Wed Jan 28 2026

नेपालमा एसेम्बल हुन्डाईको क्रेटा एसयूभी १ हजार युनिट बिक्री



काठमाडौं । हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले २०८१ चैतदेखि नेपालमा एसेम्बल गर्न शुरु गरेको हुन्डाईको क्रेटा एसयूभी १ हजार युनिट बिक्री भएको छ।

कम्पनीले एक हजारमध्ये अन्तिम गाडी शुक्रबार गायक सुजन चापागाइँलाई डेलिभरी गरेको छ। स्वदेशमा एसेम्बलपछि कम्पनीले क्रेटाको मूल्य ९ लाख रुपैयाँसम्म घटाएको थियो। कम्पनीले हुन्डाई भेन्यु पनि एसेम्बल गर्दै आएको छ।

  :