काठमाडौं– चिनियाँ ईभी उत्पादक कामाको आधिकारिक वितरक मेगा मोटर्सले परिस्कृत डिजाइन र थप फिचरसहित ईभी १ को नयाँ भर्सन नेपाल भित्र्याएको छ ।
यस नयाँ मिनी पिकअपको बिक्री छिट्टै सुरु हुने कम्पनीले जानकारी दिएको छ । यो ईभीको मूल्य ३३ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
७० किलोवाट क्षमताको मोटर र ३८ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको यस ईभीले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । कम्पनीले यसमा ५ वर्ष अर्थात २ लाख किलोमिटर वारेन्टी दिएको छ ।
कामा चीनको सबैभन्दा ठूलो मध्ये एक कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रुपमा परिचित छ । चीन सरकारको समेत कामामा स्वामित्व छ ।
कामाको हाल फ्याक्ट्रि फिटेड कन्टेनर, मिनि पिकअप र १४ सिटर भ्यान नेपाली बजारमा उपलब्ध छन् । यी ईभी बिक्री गर्न कम्पनीले नेपालका विभिन्न १४ स्थानमा डिलर विस्तार गरिसकेको छ ।








प्रतिक्रिया