काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ५ महिनामा ३ हजार ८ सय युनिट विद्युतीय सवारी साधन (ईभी) आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनदेखि मंसिरसम्ममा जीप, कार र भ्यान गरी ३ हजार ७९८ युनिट ईभी आयात भएका हुन् ।
विभागका अनुसार यस अवधिमा ५० किलोवाट सम्मका १ हजार २१५ युनिट, ५१ देखि १०० किलोवाट सम्मका २ हजार १६४ युनिट, १०१ देखि २०० किलोवाट सम्मका ४१४ युनिट र २०१ देखि ३०० किलोवाट सम्मका ५ युनिट ईभी आयात भएका हुन् ।
विभागले ८ अर्ब ९५ करोड ५१ लाख ४० हजार मूल्य बराबरका यी विद्युतीय सवारी साधन आयात हुँदा सरकारले ५ अर्ब ५६ करोड ३३ लाख ९८ हजार रुपैयाँ राजस्व उठाएको पनि जनाएको छ । गत आर्थिक वर्षको ५ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा ईभी आयात घटेको हो । गत वर्ष साउनदेखि मंसिर मसान्तसम्म ४ हजार ६९५ युनिट विद्युतीय कार आयात भएका थिए ।




प्रतिक्रिया