माघ १४, २०८२ मंगलबार | Tue Jan 27 2026

सिन्धुली क्षेत्र नं २ मा नेकपाबाट राजन दाहाल सर्वसम्मत सिफारिस



काठमाडौं । सिन्धुली जिल्लाको क्षेत्र नं २ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट राजन दाहाल सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका छन् ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनबाट विजयी भई संसद प्रवेश गरेका प्रखर तथा स्पष्ट वक्ता दाहाललाई
नेपाली कम्युनिष्ट पार्टी सिन्धुली क्षेत्र नम्बर २ को बैठकले सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।
राजन दहालले २०७९सालको प्रतिनिधि सभा निर्वाचनमा सिन्धुली–२ निर्वाचन क्षेत्रबाट २७,५१७ मत प्राप्त गरी विजयी भएका थिए।

पार्टी नेतृत्वले दहालको सक्रिय भूमिका, जनसम्पर्क र संसदमा देखाएको प्रभावकारी प्रस्तुतिलाई ध्यानमा राख्दै पुनः उम्मेदवारका रूपमा सिफारिस गरिएको जनाएको छ। स्थानीय कार्यकर्ता र समर्थकहरूले पनि उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिँदै आगामी निर्वाचनमा पुनः विजयी हुने विश्वास व्यक्त गरेका छन्।

  :