माघ १३, २०८२ सोमबार | Mon Jan 26 2026

‘इन्टरनेसनल आउटस्ट्यान्डिङ डिस्ट्रिब्युटर अवार्ड’ को उपाधि मेगा मोटर्सलाई



काठमाडौँ – व्यावसायिक र युटिलिटी सवारी साधनको उत्पादन गर्दै आएको चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी कामाको वार्षिक वितरण सम्मेलनमा कामाको नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सलाई ‘इन्टरनेसनल आउटस्ट्यान्डिङ डिस्ट्रिब्युटर अवार्ड’ को उपाधि प्रदान गरिएको छ। यो सम्मान कम्पनीले चीनबाहेकका विश्वका ३० भन्दा बढी देशका वितरकहरूबीच प्राप्त गरेका छन् ।


चीनको सानडोङमा चलिरहेको कामा अटोमोबाइल पार्टनर कन्फ्रेन्समा कामा इंकका इन्टरनेसनल सेल्स हेड लि काई र इन्टरनेसनल सेल्स डाइरेक्टर केल्भिनले मेगा मोटर्सका म्यानेजिङ डाइरेक्टर महेश पाललाई सो अवार्ड हस्तान्तरण गरे ।
मेगा मोटर्सले नेपालमा कामा इलेक्ट्रिक पिकअप र भ्यानको बजार सफलतापूर्वक स्थापित गरेकोमा निर्माता कम्पनीले सो प्रशंसा प्रकट गरेको बताइएको छ ।

कम्पनीले नेपालमा इलेक्ट्रिक सवारी साधनको बजार विस्तार गर्न र गुणस्तरीय सेवा प्रदान गर्ने क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ । १ वर्षको अवधिमा मेगा मोटर्सले नेपालमा ३०० भंदा बढी सवारी साधन बिक्री गरिसकेको कम्पनीले जनाएको छ । मेगा मोटर्सले नेपालमा कामाका सवारी साधनको बिक्री, बिक्री पछिको सेवा र सहायक पूर्वाधार निर्माणमा सफलता हासिल गरेको छ।

  :