माघ १३, २०८२ सोमबार | Mon Jan 26 2026

साउदीबाट आइएमईमार्फत पैसा पठाउँदा बीवाइडी एटो १ सहित स्कुटर र आइफोन जित्ने अवसर



काठमाडौं । आइएमई लिमिटेडले डिजिटल वालेट ‘टिक्मो’ मार्फत ‘आइएमई गरौं, उपहार जितौं’ योजना ल्याएको छ ।

पौष २१ देखि चैत्र १७ सम्म सञ्चालन हुने यस अभियानअन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले टिक्मो एप प्रयोग गरी आइएमईमार्फत पैसा पठाउँदा आकर्षक उपहार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । टिक्मो एप मार्फत साउदी अरबबाट आइएमई गरि नेपाल पैसा पठाउँदा मेगा पुरस्कार अन्तर्गत एकजना विजेताले बीवाइडी एटो १ इभी प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, मासिक दुईजना विजेताले याडी ओविन इभी स्कुटर जित्न सक्ने जनाइएको छ। साप्ताहिक विजेता अन्तर्गत १२ विजेताले आइफोन १७ जित्न सक्ने छन् ।

टिक्मोमार्फत सञ्चालन हुने यस उत्सव योजनामा कुल १५ जना सहभागी उपहार पाउनेछन् । सबै विजेताको छनोट पारदर्शी डिजिटल भाग्य ड्र प्रणालीमार्फत गरिने आइएमईले जनाएको छ ।

साउदी अरबमा वैदेशिक रोजगारी गरिरहेका नेपालीहरूले कमाएको रकम सुरक्षित, छिटो र विश्वसनीय रूपमा नेपालमा रहेका आफ्ना परिवारजनसम्म पठाउँदै आएका छन् । डिजिटल प्रविधिको तीव्र विकाससँगै पैसा पठाउने प्रक्रिया अझ सहज र सरल बनेको आइएमईले जनाएको छ ।

  :