फाल्गुन ६, २०८२ बुधबार | Wed Feb 18 2026

भ्यालेन्टाइन डे अवसरमा बीवाईडीको एक्सक्लुसिभ फ्ल्यास सेल अफर



काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे अवसरमा एक्सक्लुसिभ फ्ल्यास सेल अफर घोषणा गर्दै बीवाईडी एट्टो १ गाडीमा एकै पटक २ लाख रुपैयाँ मूल्य कम गरेको छ ।

बीवाईडी एट्टो १ को स्प्राउट ग्रिन कलर एडिसनको डाइनामिक भेरिएन्टको मूल्य २८ लाख ९५ हजार र प्रिमियम भेरिएन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ भएकोमा दुवै भेरिएन्टको मूल्यमा २ लाख रुपैयाँ कमी गरिएको कम्पनीले जनाएको छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २६ लाख ९५ हजार र ३० लाख ९९ हजार रुपैयाँ हुनेछ ।

यी वाहेक कुनै पनि पुरानो गाडीसँग साट्ने वा नयाँ गाडी किन्ने ग्राहकका लागि नगद छुट, फ्रि एसेसरिज, फ्रि ट्राभल चार्जर, १ वर्षको फ्रि अटो प्लस इन्स्योरेन्स, १ वर्षको फ्रि रोड ट्याक्सका साथै १० वर्ष वा २ लाख किलोमिटर सम्मको एक्सटेन्डेड वारेन्टी उपलब्ध हुने पनि साइमेक्स इंकले जानकारी दिएको छ ।
फेब्रुअरी १४ मा हुने भ्यालेन्टाइन डेका दिन मात्र सो अफर उपलब्ध हुने समेत कम्पनीको भनाइ छ ।

  :