काठमाडौं । स्वदेशी प्रविधि र सीपको प्रयोग गर्दै नेपालमै पहिलो पटक सुन्दर अटो इन्जिनियरिङ प्रा लिले १४ सिटे विद्युतीय बसहरू सफलतापूर्वक निर्माण गरेको छ।
कम्पनीका अनुसार हालसम्म ५० वटा बस उत्पादन भइसकेका छन्, जसमध्ये तीन वटा बस सडकमा परीक्षण गरिसकिएको छ । ती बसका करिब ६० प्रतिशत पार्टपुर्जा स्वदेशमै उत्पादन गरिएका छन् भने बाँकी ४० प्रतिशत भारत र चीनबाट आयात गरिएको पनि कम्पनीले जनाएको छ ।
काठमाडौंका मुख्य क्षेत्रहरू चक्रपथ, लाजिम्पाट, रत्नपार्क, त्रिपुरेश्वर, कलंकी, कोटेश्वर र गौशाला लगायतका रुटहरूमा परीक्षण गरेर सञ्चालन गर्ने तयारी गरिएको कम्पनीको भनाई छ । प्रत्येक बसले पूर्ण चार्जमा अधिकतम १५० किलोमिटरसम्म यात्रा गर्न सक्छ।
कम्पनीले सरकारी सहयोग पाएमा व्यावसायिक रूपमा उत्पादन गर्ने लक्ष्य राखेको छ। साथै, जडान नगरिएका पार्टपुर्जा तथा स्पेयर पार्ट्स आयात प्रक्रियालाई सहज बनाउने र दर्ता प्रक्रिया सरल बनाइदिन कम्पनीले सरकारसँग आग्रह समेत गरेको छ।









प्रतिक्रिया