फाल्गुन २८, २०८२ बिहीबार | Thu Mar 12 2026

नाडाको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहणका लागि बाटो खुल्यो



काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को हालै सम्पन्न निर्वाचन प्रक्रियाविरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरिदिएको छ । उच्च अदालतको यो निर्णयसँगै नाडाको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहणका लागि बाटो खुलेको छ ।


निर्वाचन प्रक्रियालाई लिएर अदालतमा मुद्दा दायर भएपछि नाडाले न्यायालयप्रति सम्मान जनाउँदै नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो ।

अदालतको निर्णयपछि नाडाले विज्ञप्ति जारी गर्दै उक्त फैसलाको स्वागत गर्दै उच्च अदालतबाट रिट खारेज भएको निर्णय प्राप्त भएसँगै सो विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको उल्लेख गरेको छ ।

नाडाले अब संस्थाको विधान र स्थापित प्रक्रियाअनुसार नै नव(निर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिने जनाएको छ । साथै अदालतको निर्णयले संस्थाभित्र स्पष्टता, स्थिरता र एकता थप मजबुत हुने विश्वास व्यक्त गर्दै नाडाले आगामी दिनमा सम्पूर्ण सदस्य तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास र उद्योगमैत्री वातावरण निर्माणका लागि सक्रिय रहने प्रतिबद्धता पनि जनाएको छ ।

  :