काठमाडौं । नेपालमा सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो बहुप्रतीक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी), सुजुकी ई–भिटाराको आधिकारिक रूपमा बुकिङ खुला गरेको छ।
पोखरामा आयोजित वाडा अटो शोमा यसको आधिकारिक घोषणा गरिएको हो । कम्पनीले यसको निकै आकर्षक सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
यो विशेष सुरुवाती मूल्य सीमित अवधिका लागि मात्र उपलब्ध छ र सुरुवाती भेरियन्टमा लागू हुनेछ। जापानी अटोमेकरले देशमा भित्राएको यो पहिलो प्रिमियम बीईभी हो, जसले नेपाली विद्युतीय गाडी ९ईभी० बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्ने लक्ष्य राखेको छ।
सुजुकी ई–भिटारा दुई उच्च–क्षमताका ब्याट्री विकल्पहरू ४९ केडब्लुएच र ६१ केडब्लुएचमा उपलब्ध छ, जसले क्रमशः १०६ केडब्लु र १२८ केडब्लुको दमदार पावर आउटपुट दिन्छ। यसमा क्लास–लिडिङ आउटपुट पनि रहेको छ। यी उत्कृष्ट विशेषताहरूले ई–भिटारालाई यसको मूल्य वर्गमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय गाडीको रूपमा स्थापित गर्दछ। यसले अत्याधुनिक ईभी प्रविधिलाई सुजुकी ब्रान्डको प्रमाणित विश्वास, टिकाउपन र विश्वसनीयतासँग सहज रूपमा जोडेको छ।
‘ई–भिटारा यस मूल्य दायरामा जापानी ब्रान्डबाट आउने पहिलो ईभी हो’, कम्पनीले जनाएको छ, ‘यो नवीनतम ब्याट्री प्रविधि र उच्च सुरक्षा मापदण्डहरूसहित सुसज्जित छ। यसको भविष्यमुखी डिजाइनले ड्राइभिङको आराम र रोमाञ्चकतालाई नयाँ उचाइमा पुर्याउनेछ।









प्रतिक्रिया