काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भेटका क्रममा स्थिर, पूर्वानुमानयोग्य तथा सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई विलासिता नभइ आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको थियो।
साथै, कर संरचनालाई सहज र सन्तुलित बनाउने तथा ८०÷२० लोन टु भ्यालु अनुपातमार्फत वित्तीय पहुँच सहज बनाउने आवश्यकता पनि औंल्याइएको थियो।
मन्त्री वाग्लेले प्रस्तुत सुझावहरूलाई अत्यन्त सान्दर्भिक रहेको बताउँदै देशका आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट एकीकृत रूपमा यस्ता सुझावहरू प्रस्तुत गरेकोमा नाइमालाई धन्यवाद व्यक्त गरेका थिए। साथै, प्रस्तुत सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा यथासम्भव समेट्ने पनि बताएका थिए।
नाइमाको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालसँग पनि भेटघाट गर्दै समसामयिक विषयहरूमा छलफल गरेको थियो।









प्रतिक्रिया