काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चांगान पोर्चुगिज राष्ट्रिय फुटबल टिमको अफिसियल ग्लोबल पार्टनर बनेको छ । पोर्चुगिज फुटबल फेडेरेसनसँग ऐतिहासिक रणनीतिक साझेदारी गरेर पोर्चुगिज राष्ट्रिय फुटबल टिमको अफिसियल ग्लोबल पार्टनर बनेको हो ।
पोर्चुगलमा विश्व प्रसिद्ध क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज, बर्नार्डो सिल्भा, जोआओ फेलिक्स र राफेल लियाओको जस्ता फुटबलर छन् ।
चांगानको यो साझेदारी उसको ‘भास्ट ओसन प्लान’ रणनीतिको एउटा महत्वपूर्ण कदमका रूपमा सार्वजनिक गरिएको हो । जसको उद्देश्य खेलकुद, प्रविधि र जीवनशैलीसँग सम्बन्धित मार्केटिंगमार्फत ब्रान्डको अन्तर्राष्ट्रिय उपस्थिति बलियो बनाउनु हो ।
चांगानले यो रणनीतिमा सन् २०३० सम्ममा चीनबाहिर १५ लाख कार बेच्ने र युरोपमा चिनियाँ ब्रान्डहरूमध्ये अग्रणी बन्ने महत्वकांक्षी लक्ष्य पनि समावेश गरेको छ ।
यो पार्टनरसिप घोषणा कार्यक्रममा चांगानले पोर्चुगिज फुटबल नेतृत्वलाई दीपल एस०५ प्लग इन हाइब्रिड कार हस्तान्तरण गर्नुका साथै लिस्बनदेखि मेड्रिड हुँदै तुरिनसम्मको १००० किलोमिटरको युरोपेली टेस्ट ड्राइभ कार्यक्रम समेत गरेको थियो ।









प्रतिक्रिया