९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार : साइमेक्स इंक



काठमाडौं । नेपालका लागि बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अनधिकृत भन्सार व्यवस्थाबाट लाभ लिएको भन्ने आरोप निराधार रहेको प्रष्ट पारेको छ ।

कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप पूर्णतः निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुऱ्याउने खालका भएको जनाएको छ ।

कोराला नाका हुँदै आयात भएको ७७४ युनिट गाडी सशस्त्र प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। त्यसपछि संचार माध्यम र सार्वजनिक रुपमा उक्त गाडी बारे विभिन्न चर्चा भइरहेको छ। कम्पनीले कोरला र रसुवा दुवै भन्सारबाट सबै प्रक्रिया पूरा गरी गाडी आयात गरेको साइमेक्स ईंकले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

कम्पनीका अनुसार मुस्ताङ भन्सारबाट (जेठ १२ र १३ गते) ६४९ र रसुवा भन्सारबाट (वैशाख २३ देखि जेठ १३ सम्म) ४७२ वटा गाडी आयात गरिएको छ।

ती गाडी ल्याउँदा कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको र कुनै अनुरोध समेत नगरेको कम्पनीले विज्ञप्तिमार्पmत स्पष्ट पार्दै हाल विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारीसाधनहरू नेपाल सरकारका प्रचलित कानुन, भन्सारसम्बन्धी नियमावली तथा प्रक्रिया अनुसार पूर्ण रूपमा आयात तथा जाँचपास गरिएको जनाएको छ ।

कम्पनीले कानुनको पालना, पारदर्शिता र नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता रहेको पनि प्रष्ट पारेको छ ।

  :