७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नयाँ इलेक्ट्रिक स्कुटर ‘सारथी ईएस ६’ नेपाली बजारमा



काठमाडौं–लुयानको नेपालका लागि आधिकारिक वितरक जिरो एमिसन राइड एनले नयाँ इलेक्ट्रिक स्कुटर ‘सारथी ईएस६’ नेपाली बजारमा ल्याएको छ ।


स्कुटरमा सीएटीएलद्वारा उत्पादित लिथियम ब्याट्री प्रयोग गरिएको् छ भने यो स्कुटरमा जडान गरिएको ९।६ किलोवाट आवर क्षमताको ब्याट्रीले एकपटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी कम्पनीको छ ।

नेपालको तराई क्षेत्र जस्ता समथर सडकहरूमा स्कुटरले अत्यधिक रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, काठमाडौं उपत्यकाभित्र गरिएको परीक्षणमा पनि एकै पटकको चार्जमा ३५० किलोमिटरभन्दा बढी यात्रा गर्न सफल भएको पनि कम्पनीले जनाएको छ ।

राइड–सेयरिङ प्लेटफर्महरू जस्तै पठाओ, इनड्राइभ र यांगोका चालकलाई लक्षित गर्दै कम्पनीले यो स्कुटरले दैनिक व्यावसायिक प्रयोगमा समेत उत्कृष्ट प्रदर्शन गर्ने जनाएको छ ।

  :