७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बीवाईडी एट्टो टु र थ्री को मूल्यवृद्धि




काठमाडौं । आर्थिक बर्ष २०८३/८४ को बजेटमार्फत सरकारले करमा परिमार्जन गरेपछि नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी एट्टो टु र एट्टो थ्री को मूल्यवृद्धि गरेको छ ।


कम्पनीले सुचना जारी गर्दै बीवाईडी एट्टो टु को मूल्य पहिले भन्दा ३ लाख ४ हजार र एट्टो थ्री (एड्भान्स भेरिएन्ट) को मूल्यमा २ लाख रुपैयाँ बढेको जनाएको हो ।

बीवाईडी एट्टो टु को मूल्य अब ४८ लाख ९९ हजार पुगेको छ । यो भन्दा पहिले यसको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ थियो । त्यसैगरी एट्टो थ्री (एड्भान्स भेरिएन्ट) को मूल्य अब ६१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यो भन्दा पहिले यसको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ थियो । नयाँ मूल्य अब आउने नयाँ गाडीमा मात्र लागु हुने पनि कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

  :