काठमाडौं । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले अटोकर्पले नेपाली उपभोक्तामाझ सहज ढंगले विश्वस्तरीय ईभी पुर्याउने उद्देश्यले आफ्नो नेटवर्क विस्तार गर्दै कम्पनीको आधिकारिक डिलर एपोलो मोटर्सले काठमाडौंको महाराजगञ्जमा अत्याधुनिक नयाँ स्टेट अफ आर्ट शोरुम सञ्चालनमा ल्याएको छ ।
दिपलको नयाँ सोरुमको उद्घाटन दिपलका ब्रान्ड एम्बेसेडर पारस खड्का, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोद राज ज्ञवाली र एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा गरेका थिए ।
उदघाटन समारोहमा फ्युचरिस्टिक आयाम थप्दै अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डलाई प्रदर्शनीमा राखिएको थियो जसले उपस्थित अतिथिलाई कृत्रिम बौद्धिकता र स्वचालनमा चांगानको दूरदर्शी दृष्टिकोणको प्रत्यक्ष अनुभव दिलाएको थियो ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेपालमा दीपलको मागलाई पूरा गर्न विभिन्न सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार गर्ने क्रममा महाराजगंजमा पनि संचालनमा ल्याइएको बताए ।
एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दीपलको काठमाडौंको अधिकृत डिलर बन्न पाउँदा हर्षित भएको बताए । उदघाटनकै दिन २० जना ग्राहकलाई दीपल ईभी डेलिभरी गरिएको थियो ।









प्रतिक्रिया