७ भदौ २०८३, आइतबार | Mon Aug 24 2026

होटल संघ नेपाल–बागमती प्रदेश समितिको अध्यक्षमा प्रसिद्ध पर्यटन व्यवसायी बके मनोनित



काठमाडौं । होटल संघ नेपाल (हान) को बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा रामसुन्दर बके मनोनयन भएका छन् ।

संघको कार्यसमिति बैठकले भक्तपुरको रानीकोटस्थित भिलेज हाइल्यान्ड रिसोर्टका प्रबन्ध निर्देशक बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनयन गरेको हो ।

संघले बकेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बागमती प्रदेशका सबै जिल्लालाई समेट्ने गरी प्रभावकारी, समावेशी र सुदृढ प्रदेश समिति गठन हुने विश्वास व्यक्त गरेको छ । बकेलाई संघका अध्यक्ष विनायक शाहले मनोनयन पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । संघले प्रदेशअन्तर्गत रहेका जिल्लाका प्रतिनिधिहरूसँग आवश्यक समन्वय गरी पदाधिकारी तथा सदस्यहरूको नामावली यथाशीघ्र होटल संघ नेपालको सचिवालयमा उपलब्ध गराउन पनि अनुरोध गरेको छ।

मनोनयन पत्रमा बागमती प्रदेशमा होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा संघको संगठनात्मक सुदृढीकरणमा अध्यक्ष बकेको सक्रिय नेतृत्व र महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको उल्लेख छ।

  :