काठमाडौं । भक्तपुरको पर्यटन विकास, होटल व्यवसायको प्रवर्द्धन तथा स्थानीय, प्रदेश र संघीय तहबीच आवश्यक समन्वय र सहकार्यका विषयमा विस्तृत छलफल गर्दै होटल सङ्घ भक्तपुर र होटल सङ्घ बागमती प्रदेशबीच संयुक्त बैठक सम्पन्न भएको छ।
होटल सङ्घ बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बके तथा भक्तपुर क्षेत्र नं १ बाट निर्वाचित संघीय सांसद रुकेश रञ्जितको विशेष सहभागिता रहेको बैठकमा पर्यटन बिकासमा एक आपसमा कसरी सहकार्य गर्ने ? भने बिषयमा छलफल भएको थियो ।
बैठकमा सांसद रञ्जितले पर्यटन क्षेत्रको दिगो विकासका लागि आवश्यक नीति, योजना तथा पूर्वाधार निर्माणमा आफ्नो तर्फबाट आवश्यक पहल र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै होटल सङ्घ बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले पर्यटन प्रवर्द्धन, होटल व्यवसायको गुणस्तर अभिवृद्धि र व्यवसायीका साझा समस्याको समाधानका लागि होटल सङ्घ सक्रिय रूपमा अघि बढ्ने बताए । उनले निजी क्षेत्र र स्थानीय, प्रदेश तथा संघीय सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै भक्तपुरलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न साझा प्रयास आवश्यक रहेको बताए।

बैठकमा सहभागीहरुले भक्तपुरको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, पर्यटन पूर्वाधार सुदृढ गर्ने, होटल व्यवसायको विकास तथा पर्यटनमैत्री वातावरण निर्माणका लागि सबै पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले पर्यटन क्षेत्रको समग्र विकासका लागि आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा साझा कार्यक्रमहरू सञ्चालन गनुपर्नेमा समेत जोड दिए ।









प्रतिक्रिया