७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

नाइमा एक्स्पोमा आकर्षणको केन्द्र बन्यो प्रोटोनको इमास फाइभ



काठमाडौं । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले यही साउनको पहिलो साता सार्वजनिक गरेको इमास फाइभ भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा अवलोकनकर्ताको आकर्षणको केन्द्र बन्न पुगेको छ ।

नाइमा मोबिलिटी एक्स्पोको हल ‘बी’स्थित स्टल ‘एल–६’ मा ईमास ५ अवलोकन तथा बुकिङका लागि राखिएको छ । सार्वजनिक भएसँगै ग्राहक तथा अटोप्रेमीको गाडीप्रति उल्लेख्य चासो देखिएको कम्पनीले जनाएको छ । यो ह्याचब्याक अत्यधिक मात्रामा बुकिङ भइरहेको छ ।

कम्पनीले प्रोटोन इमास फाइ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । जसमा प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सेग्मेन्टमै पहिलोपटक रियर(ह्वील(ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ । यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडीसडकमा पनि सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ ।

  :