काठमाडौं–भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोलाई लक्षित गर्दै प्रभु बैंकले विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरूको सपनाको कार चढ्ने इच्छालाई साकार पार्ने उद्देश्यले अत्यन्तै न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । यो सवारी साधन खरिद गर्न चाहनेहरूका लागि सुनौलो अवसर भएको बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकले वार्षिक मात्र ०.५० प्रतिशत प्रिमियम दरमा अटो लोन प्राप्त गर्न सक्नेछन् । योजनामा न्यून ब्याजदर मात्र ०.५० प्रतिशत वार्षिक प्रिमियममा कर्जा सुविधा छिटो छरितो, झन्झटमुक्त र सरल कागजी प्रक्रिया र आवेदन दिएको छोटो समयमै कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकका अनुसार अवलोकनकर्ताहरूले प्रभु बैंकको स्टलमा अटो लोन सम्बन्धी विस्तृत जानकारी लिनुका साथै दक्ष कर्मचारीहरूबाट वित्तीय परामर्श समेत प्राप्त गर्न सक्नेछन् ।







प्रतिक्रिया