४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने



काठमाडौं । नेपाल बैंकले चाडपर्वको अवसरमा असोज मसान्तसम्म गाडी खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ४.९४ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराइरहेको जनाएको छ ।

कर्जा लिनको लागि ऋणको किस्ता र ब्याज तिर्न पुग्ने स्थिर तथा नियमित आम्दानीको स्रोत खुल्ने कागजात आवश्यक रहेको पनि बैंकले स्पष्ट पारेको छ ।

बैंकका अनुसार अटो कर्जा २ वर्षदेखि ७ वर्षसम्मको अवधिका लागि लिन सकिनेछ । ग्राहकले आफ्नो वित्तिय योजना अनुसार कर्जा अवधि निर्धारण गरेर कर्जा लिन सक्नेछन् । नेपाल बैंकले अटोकर्जा लिने ऋणबाट सेवा शुल्क वापत भने कुल कर्जा रकमको ०.५ प्रतिशत लिइने बैंकले जनाएको छ ।

  :