काठमाडौं–टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
यूटीएसले टोयोटा मोटर एसिया तथा टोयोटा त्सुशो एसिया प्यासिफिकसँगको समन्वयमा उक्त रकम कोषमा योगदान गरेको जनाएको छ । प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनःस्थापनामा सहयोग पु(याउने उद्देश्यले उक्त योगदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस पहलमार्फत नेपाल र नेपाली समुदायलाई आवश्यक परेको समयमा साथ दिने तथा थप सुरक्षित र उत्थानशील भविष्य निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
यूटीएसले टोयोटा समूहको तर्फबाट गरिएको यस सहयोगलाई नेपालसँगको सहकार्य र सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा प्रस्तुत गरेको छ ।







प्रतिक्रिया